Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट नक्कली प्रमाणपत्र ल्याइ शिक्षकको नियुक्ति लिने साहविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा महोत्तरीका एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले राष्ट्रिय प्राथमिक विद्यालय, धमौरामा कार्यरत राहत शिक्षक अशोककुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, विहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी राहत कोटामा नियुक्त भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

२०६९ कात्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077