Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न - सन्दीपको भिसाबारे राजदूतलाई स्पष्टीकरण सोध्न डराएको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे अमेरिकी राजदूतलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक शाहीले आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।

सचेतक शाहीले भने, ‘हिजोको खेलमा सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो। अदालतले सफाइ दिएको, क्यान र आइसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको ? कि त सरकार डराएर खुट्टा कापेको हो ?होइन भने देशको चन्द्र सूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ। सरकारमाथि प्रश्न चिह्न खडा भएको छ।’

सांसद शाहीले अदालतले सफाइ दिएको र आईसीसीले स्वीकृत गरेको खेलाडी खेल्न जान नपाउनु दुर्भाग्यपूर्ण भएको बताए ।

आयोजक राष्ट्रले सन्दीपलाई भिसा नदिएको बारे सम्बन्धित देशको राजदूतलाई बोलाएर सरकारले जवाफ माग्नु पर्ने शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077