Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पशुपतिमा जतिसुकै धूप-अक्षता गरेपनि वर्तमान सरकार ढल्दैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि वर्तमान गठबन्धन सरकार नढल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

बजेटमाथि छलफलको क्रममा कांग्रेसका महामन्त्री गगन थापाले धेरै आलोचना गर्दा फेरि बजेट कांग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि बर्तौलाले यस्तो व्यंग प्रहार गरे ।

बर्तौलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार नढल्ने जवाफ दिए।

महामन्त्री थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा दिँदै बजेटमा स्वामित्व नदिएकोले बजेटको माइबाप नै नभएको जिकिर गरेका थिए।

त्यसको जवाफमा प्रमुख सचेतक बर्तौलाले यो सरकार कसैले चाहेर पनि ढाल्न नसक्ने बताए।

प्रमुख सचेतक बर्तौलाले भने, ‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौँ। प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो। केही महिनापछि नै बजेट नै आफैँले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि त्यस कारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए। म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन।’

उनले बलियो विश्वासको आधारमा संकल्प गरेर अघि समीकरण अघि बढेको बताए। प्रमुख सचेतक बर्तौलाले सांसदहरूलाई बजेटमाथि टिप्पणी गर्न आफूहरूले रोक नलगाएपनि बजेट पारित गरेर आफूहरू अघि बढ्ने सुनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077