Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीलाई बधाई दिँदै चीनले भन्यो – स्वस्थ र स्थिर सम्बन्धको आशा गर्छौं

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा एनडीए गठबन्धनले लोकसभा निर्वाचनमा बहुमत ल्याएकोमा चीनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले बुधबार पत्रकार सम्मेलनमा मोदीलाई बधाई दिएकी हुन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई निर्वाचनमा पाएको जितप्रति बधाई । हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको आशा गर्छौं,” उनले भनिन् ।

मंगलबार सम्पन्न मतगणनामा भाजपाले २४० सिटमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077