Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका धेरैजसो राजदूतहरू राजनीतिक कोटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत भई जानेहरू छन् । यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको पनि गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् ।

उनले सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने, मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको बताइन् ।

उनका अनुसार सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूची बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगमा सूचीकृत गर्ने गरेको छ ।

सरकारले जीवनाषक विषादी सम्बन्धी नियमावली पारित गरेको छ । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077