Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा आयोगको प्रतिवेदन ५ वर्षपछि सार्वजनिक

काठमाडौं । पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको ४ सय ९९ पेजको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २५ सदस्यीय टोलीले तयार गरेको प्रतिवेदन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारको हलमा भव्य समारोह आयोजन गरी २०७५ साल माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन हस्तान्तरण गरेको थियो ।

त्यस बेलादेखि सार्वजनिक हुन नसकेको सो प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहलमा हिजो बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा मन्त्रालयमा पुगेको हो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077