Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता निधिले भने - अब पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ

सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन् ।

आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा बोल्दै कांग्रेस नेता निधिले यस्तो बताएका हुन् ।

नेता निधिले पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।

नेता निधिले भने,'पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ । विचार केन्द्रित राजनीति गर्न आवश्यक छ । त्यसो गरेको खण्डमा समाधान हुन्छ।'

उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए ।

पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए ।

निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ‌।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077