Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

जनकपुरधाम । मधेश प्रदेशमा सतिशकुमार सिंहको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।

प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्री सिंहको सिफारिशमा १३ जना मन्त्री नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

जसअनुसार भरत प्रसाद साह अर्थमन्त्री,गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

यस्तै कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या, बेची लुंगेली ऊर्जा, सिंचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।

यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077