Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंह नियुक्त

काठमाडौं । सरकारले पूर्वसचिव डा.रमेशप्रसाद सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रिय योजना आयोगको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी गराएकी हुन् ।

डा.सिंहसँग लामो समय शहरी विकास मन्त्रालयमा रहेर काम गरेको अनुभव छ ।

त्यसैगरी बैठकले छिमेकी मुलुक भारतको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले मेलाम्ची खानेपानी आयोजनाको हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णयसमेत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077