Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मतको आग्रह गर्दै सभापति देउवाले अध्यक्ष लिङदेनलाई पत्र लेखेका हुन् ।

१६ जेठमा सर्वोच्च अदालतको आदेश अनुसार कांग्रेस संसदीय दलका नेता पाण्डे गण्डकीको मुख्यमन्त्री बनेका थिए । पाण्डेले २८ जेठमा विश्वासको मत लिन लिँदै छन् ।

प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ । प्रदेशको समितिसँग छलफल गरेर लिन अध्यक्षले निर्णय लिने गरि राप्रपाको कार्यसम्पादन समितिले अधिकार दिएको छ ।

राप्रपाका एक शीर्ष तहका नेताका अनुसार गण्डकीमा कांग्रेसलाई विश्वासको मत दिने पार्टीको तयारी छ ।

राप्रपाका २ जना प्रदेश सांसद छन् । बहुमत पुर्‍याउनका लागि कांग्रेसलाई राप्रपासहित थप दुई जना आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077