Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकपमा श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश दुई विकेटले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा समूह 'डी'मा रहेको श्रीलंका लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग दुई विकेटले पराजित भएको हो ।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए ।

श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077