Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबार तेस्रो कार्यकालका लागि मोदीले शपथ लिने तय

एजेन्सी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ सरकार गठनका लागि निमन्त्रण दिएकी छन् ।

भर्खरै सम्पन्न लोकसभा चुनावमा उनको दल भाजपाले एकल बहुमत नल्याएपनि गठबन्धनमा आवद्ध दलहरूको समर्थनमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीले लगातार तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ ग्रहण गर्ने तय भएको छ ।

एनडीएले मोदीलाई आफ्नो नेता चुनेको र बहुमत सदस्यको समर्थन मोदीलाई रहेको जानकारी राष्ट्रपति मुर्मूलाई गराएका थिए ।

राष्ट्रपति कार्यालयले साँझ शपथको समय निर्धारण गरेको छ । २०१४ र २०१९ दुई पटक चुनाव जितेर मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।

गठबन्धनमा आबद्ध अन्य प्रमुख तेलुगू देशम पार्टीका नेता चन्द्र बाबु नायडू र जनता दल यूनाइटेडका नेता नीतिश कुमारले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएपछि मोदीलाई सहज भएको हो ।

नायडूको पार्टीले १६ र नीतिशको पार्टीले १२ सिट जितेको छ । मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनाउन यी दुई दल निर्णायक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077