Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षामन्त्री श्रेष्ठबारे एमाले अध्यक्ष ओलीले अभद्र अभिव्यक्ति दिए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने,‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको महामन्त्री थापाले आरोप लगाए ।

उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए ।

महामन्त्री थापाले यस सम्बन्धमा नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077