Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतलाई प्रभावित पारेर कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च भइरहेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतलाई प्रभावित पारेर पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी पनि देखिएको बताए ।

महामन्त्री थापाले भने,‘अदालतलाई प्रभावित गर्ने, अड्डालाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं । कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं । ’

तर कसैले गल्ती गरेको छ भने कांग्रेस भएको कारणले छुट र उन्मुक्ति पाउन हुन्न भन्नेमा आफूहरु प्रष्ट रहेको महामन्त्री थापाले बताए ।

गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपमाथि संसदमा जवाफ दिने क्रममा कांग्रेसका नेताहरु जोडिएका केही प्रकरणको नाम लिएर त्यसमा पनि छानबिन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077