Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारत र पाकिस्तानबीचको खेल पुनः सुरु, ओपनरद्वय रोहित र विराट आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु भएको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । खेल करिब आधा घण्टा रोकिएको थियो ।

खेल पुनः सुरु भएको तेस्रो बलमै भारतका ओपनर विराट कोहली चार रनमा आउट भएका छन् ।

उनलाई नसिम साहले उस्मान साहबाट क्याच गराए । यस्तै दोस्रो विकेटको रुपमा ओपनर रोहित शर्मा पनि आउट भएका छन् । उनी २.४ ओभरमा १३ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077