Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : स्कटल्याण्डसँग ओमान ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले पराजित गरेको छ । नर्थ साउण्डमा गएराति भएको खेलमा स्कटल्याण्डले ओमानलाई ४१ बल बाँकी छँदै पराजित गरेको हो ।

ओमानले दिएको १ सय ५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर एक बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

समूह बीमा स्कटल्याण्ड ५ अङ्क बटुल्दै शीर्ष स्थानमा पुगेको छ । ३ खेलमा टोलीले २ मा जित हासिल गरेको छ भने १ खेलमा कुनै नतिजा निस्कन सकेन ।

समूहको दोस्रो स्थानमा अस्ट्रेलिया छ । एक खेल कम खेलेको टोलीको ४ अङ्क छ । ओमान भने ३ खेलमा जितविहीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077