Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

सीआईबीले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ ,सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाललाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यसअघि पनि सीआइबीले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम र मनोज न्यौपाने, सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो।

उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको थियो ।

बैंकका तत्कालीन सीईओहरु गौतम र न्यौपानेसहितलाई पक्राउ गरिए पनि उनीहरू हाजिर जमानीमा छुटेका थिए।

[insert page='279577' display='yopanipadhnuhos.php']

उनीहरुले धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । उनीहरुलाई देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको उनीहरुमाथि आरोप छ ।

[insert page='276587' display='yopanipadhnuhos.php']

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो।

त्यस बेला बैंकले पर्याप्त धितो नलिइ देउराली सहकारीलाई करिब दुई अर्ब रुपैयाँ ऋण दिएको थियो। सेञ्चुरी बैंकले पूजा मार्केटिङ प्रालिको नाममा ऋण दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077