Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : बंगलादेशलाई दक्षिण अफ्रिकाले दियो ११४ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ११४ रनको लक्ष्य दिएको छ ।

सोमबार न्यूयोर्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको हो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको यो तेस्रो खेल हो । समूह ‘डी’मा लगातार दुई जित निकालेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077