Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्‍यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले यस्तो बताएका हुन् ।

उनले विभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताए ।

अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरुलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ ।

उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077