Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : क्यानडाले पाकिस्तानलाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाले पाकिस्तानलाई १०७ रनको लक्ष्य दिएको छ ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा १०६ बनायो ।

एरोन जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे ।

कलिम सानाले १३ रन र कप्तान साद बिन जाफरले १० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077