Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत ​नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बुधबार बिहान हुने तय भएको खेल वर्षाका कारण रद्द भएको हो ।

योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077