Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : जितका लागि अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अमेरिकाले भारतविरुद्ध १११ रनको लक्ष्य दिएको छ ।

बुधबार न्यूयोर्कमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको हो ।

अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे ।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे । प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077