Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

फ्लोरिडामा अत्याधिक वर्षा हुँदा वेस्ट इन्डिज उड्न सकेन नेपाली टोली

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामै रोकिएको छ ।

नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको हो ।

फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो।

तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ। नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ।

फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077