Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज विश्वकपको सुपर ८ मा प्रवेश

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिजले सुपर ८ मा स्थान पक्का परेको छ ।

आफ्नो विजयी यात्रा जारी राख्दै वेस्टइन्डिजले ३ खेलबाट ३ जित हासिल गर्दै ६ अङ्क बटुल्न सफल भएको हो ।

न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ ।

न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग स्तब्ध बनेको थियो । सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो ।

यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् । बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्ड १३ रनले पराजित भएको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा सर्वाधिक ४० रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले घातक बलिङ गरे । ४ ओभरमा मात्र १९ रन खर्चेर उनले ४ विकेट हात पारे । गुणकेश मोतीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि सेरफान रथरफोर्डले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले शानदार बलिङ गरे । ४ ओभरमा उनले एक मेडन ओभर राख्दै मात्र १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, टिम साउथी र लोकी फर्गुसनले २–२ विकेट हात पारे भने जेम्स निसम र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077