Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रेग्मी सहन्यायाधिवक्तामा बढुवा, न्याय सेवाका १५१ अधिकृतको सरुवा [सूचीसहित]

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।

न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो ।

बैठकले उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ ।

त्यस्तै वीरगञ्जको उच्च सरकारी वकिल कार्यालयमा राजविराजका उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीलाई सरुवा गरेको छ ।

यस्तै बैठकले सरकारी वकिल समूहमा अशोकराज रेग्मीलाई सहन्यायाधिवक्तामा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077