Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : बंगलादेशले नेदरल्यान्ड्सलाई दियो १६० रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई १६० रनको लक्ष्य दिएको छ ।

बिहीबार किंग्सटाउनमा जारी खेलमा बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको हो ।

वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । टिम प्रिंगलले एक विकेट हात पारे । प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । दुवै टिम आज दोस्रो जितको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077