Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर–८’ मा

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तान सुपर–८ चरणमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५।१ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर–८ चरणमा पुगेको हो । हारसँगै पपुवा न्यु गिनी पनि घर फर्किने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077