Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा आमा र दुई बच्चा घरभित्रै मृत भेटिए

झापा । झापाको शिवसताक्षीमा दुई जना बच्चा र आमा मृत फेला परेका छन्।

शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।

आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077