Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहसचिव र दुई आईजीपी अमेरिका जाँदै

काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ ।

हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।

गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।

यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077