Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कार्यकर्तालाई बाँड्न सरकारले बजेटमा साना आयोजना राख्यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले कार्यकर्तालाई वितरण गर्न बजेटमा साना योजना राखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले यस्तो बताएका हुन् ।

सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी साना योजनालाई बजेटमा राखेको सांसद महतले बताए।

सांसद महतले ३ खर्ब ३० अर्ब पुँजीगत खर्चमा ५५ अर्बभन्दा बढी १ करोडभन्दा तलका आयोजनामा समावेश गरिएको बताए ।

उनले ५५ अर्ब राज्यको रकम उपभोक्ताका नाममा पार्टीका कार्यकर्ताले दुरुपयोग गर्ने बताए । सांसद महतले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077