काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ ।
सहकारी बचत दुरुपयोगसम्बन्धी छानबिन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो।
सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको बताइएको छ ।
बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए। सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीव्रता दिने विशेष समितिले जनाएको छ।