Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी सकिब आईसीसीको कारबाहीमा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

खेलको तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए ।

सोही घटनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सकिबलाई आचारसंहिता उल्लंघन गरेको भन्दै उपाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।

तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।

उक्त खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077