Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आन्दोलनरत दूध किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे।

सचेतक बर्तौलाले भने,‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । तर, प्रहरीहरुले धरपकड गरे । ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ।’

आन्दोलनरत किसानसँग वार्ता गर्न र अविलम्ब किसानहरूको भुक्तानीका लागि सचेतक बर्तौलाले सरकारको ध्यानाकर्षण गरे ।

किसानहरूको न्यायोचित मागहरू पूरा गराउनको लागि सरकारले वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077