Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कवाडी व्यवसायीलाई अमरेशकुमार सिंहले भने - काठमाडौंको फोहोर मेयर बालेनको घरअगाडि थुपारौं

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीलाई काठमाडौंको फोहोर मेयर बालेन्द्र साह (बालेन)को घरअघि थुपार्न आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै सांसद सिंहले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न आग्रह गरे।

सांसद सिंहले भने, ‘बालेनजी, यहीँको मेयरले सिकाएको छ । काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ । तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु-सबै फोहोर महानगरपालिका र बालेनको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

मेयरले सिकाएअनुसार नै यस्तो काम गर्नुपर्ने सांसद सिंहको भनाई छ । कवाडी व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको र ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए।

घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि सरकारसँग उनले माग गरेका छन्। कवाडीले काठमाडौं महानगरभित्र व्यापार गर्न नपाएको र अदालतको आदेश पनि महानगरले नमानेको सिंहको भनाइ छ।

सांसद सिंहले कवाडी व्यवसायीले बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा लाठी चार्ज भएको बताए।

उनले दर्जनौँ घाइते भएको भन्दै काठमाडौंमा मधेसको मान्छे देख्नै नसकेको बताए । टाउको फुटाउने विभेद किन गरिएको भनि गृहमन्त्रीको प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077