Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

खेलकुदमन्त्री श्रेष्ठको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको राजीनामाले प्रधानमन्त्रीलाई कुनै अप्ठ्यारो नपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद गुरुङले यस्तो बताएका हुन् ।

सांसद गुरुङले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको मन्त्री श्रेष्ठको अभिव्यक्ति स्मरण गरे।

यही असार २ गते रास्वपा स्थापना दिवसका अवसरमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको संसदीय दलका उपनेता समेत रहेका मन्त्री श्रेष्ठले राजीनामा पत्र बोकेर हिँडिरहेको बताएका थिए ।

उक्त अभिव्यक्ति स्मरण गर्दै कांग्रेस सांसद गुरुङले मन्त्री श्रेष्ठको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो नपर्ने बताए।

राजीनामा पत्र २०८४ सालसम्म सुरक्षित राख्न पनि मन्त्री श्रेष्ठलाई सांसद गुरुङले सुझाव दिए। पानीबाट जोगाउन राजीनामा पत्रलाई पलास्टिकले कोटेट गरेर राख्न भन्दै उनले व्यंग्य गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077