Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिको भेटी चोरी प्रकरण : पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । पशुपतिको भेटी चोरी प्रकरणमा संग्लग्न भएको आरोपमा पक्राउ परेकामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पक्राउ परेका ६ मध्ये ५ जनालाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो ।

सो इजलासले पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई थुनामा पठाएको जनाइएको छ । यस्तै सत्यनारायण जोशीलाई भने धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान सकिएपछि मुद्दा अदालतमा पुगेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077