Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

बुधबार नर्थ साउन्डमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रन बनायो ।

दक्षिण अफ्रिकाका ओपनर डी ककले आक्रामक ब्याटिङ गर्दै ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ४६ रन बनाए । हेनरिक क्लासेनले ३६, ट्रिस्टान स्टुब्सले २० र रिजा हेन्ड्रिक्सले ११ रन जोडे ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077