Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप सुपर-८ : दक्षिण अफ्रिकाको लगातार पाचौँ जित, अमेरिका १८ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको छ ।

बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077