Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसभित्र महिलाहरुमा अन्तर्घातको रोग छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान रहेको बताएका छन् ।

लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने बताए ।

उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेस भित्र महिलाहरुमा अन्तर्घातको रोग रहेको सभापति देउवाको भनाई छ । उनले पार्टीमा अन्तर्घातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उनी जस्तै योग्य बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077