Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनमा मिल्यो राजदूत भागबण्डा : ८ एमाले, १ माओवादी, २ रास्वपा !

काठमाडौं । राजदूतको भागबण्डाबारे सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको छ ।

बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे सहमति जुटेको हो ।

स्रोतका अनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।

यसअघि फिर्ता बोलाउँदा माओवादी निकटका राजदूतलाई छाडिएकाले अहिले एमालेले बढी भाग पाउने गरी सहमति गरिएको बताइएको छ ।

जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077