Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतले अफगानिस्तानलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको छ ।

बिहीबार बार्बाडोसस्थित केङ्सिङ्टनमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रन बनायो ।

भारतका मध्यक्रम ब्याटर सूर्यकुमारले ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन, ओपनर विराट कोहलीले २४, ऋषब पन्तले २० र सिवम दुवेले १० रन थपे । अक्षर पटेलले १२ रन जोडे ।

अफगानिस्तानका फजलहक फारुकी र राशिद खानले समान तीन विकेट लिए । नविन उल हकको नाममा दुई विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077