Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

काठमाडौं । आईसीसी टी –२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । बार्बाडोसमा गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो । अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले २६, नजिबुल्लाह जद्रानले १९, गुलबदिन नायबले १७ र मोहम्मद नाबीले १४, नूर अहमदले १२ र रहमानउल्लाह गुरबाजले ११ रन बनाए।

बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३, अर्शदीप सिंह र कुलदीप यादवले समान २(२ तथा हार्दिक पाण्डेय र अक्षर पटेले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिषभ पन्तले २०‚ अक्षर पटेलले १२ र शिवम दुबेले १० रन बनाए।

बलिङतर्फ अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले ३/३ तथा नविन उल हकले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077