Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भौतिकमन्त्री महासेठले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्ब बजेट लगेको गगन थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलेले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा बजेट हालेको दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

उनले एमालेबाट उपप्रधानमन्त्री बनेका महासेठलेले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा बजेट हालेको दाबी गरे । यस्तै महामन्त्री थापाले मुलुकलाई अघि बढाउने सबालमा प्रधानमन्त्री कमजोर देखिएको बताए ।

आफ्नै मन्त्रपरिषद्‍मा प्रधानमन्त्री कमजोर देखिएको र उपप्रधानमन्त्री र मन्त्रीहरूले नटेरेको उनको आरोप छ । केही मन्त्रीहरूले खल्तीमै राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्की दिने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077