Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्‌मा कांग्रेसको भूमिका प्रभावकारी भएन, अब फरक ढङ्गले प्रस्तुत हुन्छौँ : सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन् ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए ।

जनजीविकाका सवालमा प्रतिपक्षले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077