Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतले बंगलादेशलाई ५० रनले हरायो, सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

शनिवार राति वेस्ट इन्डिजको एन्टिगुवा एन्ड बरबुडामा भएको सुपर ८ को खेलमा भारतले बंगलादेशलाई ५० रनको फराकिलो अन्तरले हराएको हो । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।

यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । गएराति भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । भारत समूह एकको शीर्ष स्थानमा छ । आइतवार बिहान अष्ट्रेलियाले अफगानिस्तानमाथि जित दर्ता गराएमा भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077