Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : अफगानिस्तानले अस्ट्रेलियालाई दियो १४९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर आठ खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुउल्लाह गुर्वाज र इब्राहिम जार्दानले अर्धशतकीय इनिङ खेले। गुर्वाजले ४९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० तथा जार्दानले ४८ बलमा ५१ रन बनाए।

पहिलो विकेटका लागि गुर्वाज र जार्दानले १ सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। अफगानिस्तानले ७ रन बनाउँदा चार विकेट गुमायो। करिम जन्नतले ९ बलमा १३ रन बनाए।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले लगातार दोस्रो खेलमा ह्याट्रिकसहित तीन तथा एडम जाम्पाले दुई विकेट लिए। मार्कस स्टोईनेसले एक विकेट लिए।

भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ । अस्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077