Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अमेरिकालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकालाई हराउँदै इंग्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले नौ ओभर चार बलमै कुनै विकेट नगुमाई भेटायो । इंग्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित ८३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा एक सय १५ रनमा अल आउट भयो । अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए ।

जीतपछि सुपर आठको समूह दुई मा तीन खेलबाट चार अङ्कसँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । अमेरिका भने अङ्कबिहीन हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077