Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेकोअफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले ४३ रन बनाए । यस्तै इब्राहिम जरदानले १८ रन बनाउँदा कप्तान रासिद खानले १९ रन जोडे।

बंगलादेशका रासिद हुसेनले ३ विकेट लिँदा ताक्सिन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए। आजको खेल दुवैका लागि महत्वपूर्ण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077