Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस उपसभापति गुरुङले भने - मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

उपसभापति गुरुङले भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताए।

उपसभापति गुरुङले भने,'मैले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु ।’

उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताए ।

उनले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077