Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

झापामा हात्ती मृत अवस्थामा भेटियो

झापा । झापामा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको मेचीनगर–३ स्थित वहुवन क्षेत्रनजिकै एउटा हात्ती मृत भेटिएको हो ।

स्थानीय धरधरे खोला आसपासमा मृत भेटिएको हात्ती विद्युतीय करेन्ट लागेर मरेको हुन सक्ने प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय किसानले घरबाली जोगाउन घरैपिच्छे विद्युतीय तारबार गरेका छन् ।

सोही तारबारको पासोमा परेर हात्ती मरेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077